न्यूयोर्कमा हुँने ‘मिस नेपाल नर्थ अमेरिका’को प्रशिक्षकमा शृंखला खतिवडा

गत वर्ष २०२० मा कोरोना महामारीको कारण स्थगित भएको मिस नेपाल नर्थ अमेरिका (नेपाल उत्तर अमेरिका सुन्दरी) २०२१ आगामी शनिबार आयोजना हुने भएको छ ।

Advertisement

न्यूयोर्कमा आयोजना हुने उक्त प्रतियोगितामा मिस नेपाल वर्ल्ड २०१८ कि (पूर्व नेपाल सुन्दरी) शृंखला खतिवडा प्रशिक्षकको रुपमा सहभागिता जनाउनेछिन् ।

प्रतियोगितामा सहभागी हुन् चाहने प्रतियोगीहरुले जुन १५,२०२१ सम्म आवेदन दिन सक्नेछन् । विजेतालाई नेपाल आउने जाने हवाई टिकट प्रदान गरिने छन् भने नेपाल टुरिजम बोर्डले २०२१/२०२२ को लागि विजेतालाई सद्भावना दूतमा मनोनित गर्नेछ ।

उक्त प्रतियोगिताको नारा भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तीकरण गरिदै भन्ने राखिएको छ। सन २०१९ मा सम्पन्न दोश्रो मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी -२०१९) मा न्यूयोर्ककी श्रेया गजुरेल विजयी घोषित भएकी थिइन् ।

यस पटक तेश्रो मिस नेपाल नर्थ अमेरिकाको आयोजना ड्रिम्स युनिभर्सल एसएलसीले गर्नेछ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री