मंगलबार, ८ जेठ २०८१

अक्सिजन सिलिन्डर हस्तान्तरण

rss २०७८ जेठ ३ गते १३:५९

Advertisement

अक्सिजन नहुँदा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको खबर आएपछि वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा नेपालगञ्जबाट पठाइएका २२ थान भरिएका अक्सिजन सिलिन्डर जिल्ला अस्पताल डोटीलाई आज हस्तान्तरण गरिएको छ ।

जिल्लामा अक्सिजन नहुँदा कोरोना सङ्क्रमणका बिरामीलाई उपचार गर्नमा समस्या भएपछि मन्त्री आलेको पहलमा आफुहरुले नेपालगञ्ज गएर अक्सिजन सिलिन्डर ल्याएर हस्तान्तरण गरेको बोलन्याथली नामक सामाजिक संस्थाका सुदूरपश्चिम अध्यक्ष तथा अभियानकर्मी यादव जोशीले बताउनुभयो ।

जोशीका अनुसार मन्त्री आलेले नेपालगञ्जमा अक्सिजन भर्नका लागि पहल गर्नु भएपछि भरिएका सिलिन्डरको रकम बोलन्याथलीले सङ्कलन गरेको आर्थिक सहयोगबाट तिरी उक्त सिलिन्डर डोटी पु¥याइएको हो । अक्सिजन नभएर कोरोना सङ्क्रमणका बिरामी आक्रान्त भएको जिल्लामा अक्सिजन सिलिन्डर आएपछि बिरामीका आफन्त निकै खुशी भएका छन् ।

जिल्ला अस्पतालका लागि अक्सिजनले भरिएका ठूलो १७ तथा सानो पाँच गरी जम्मा २२ सिलिन्डर बोलन्याथलीका डोटी संयोजक जितबहादुर खड्काले आज हस्तान्तरण गर्नुभएको छ । बोलन्याथलीले सुदूरपश्चिममा विकास निर्माणदेखि सामाजिक क्षेत्रका काममा अग्रसरता देखाउदैँ वर्षौदेखि सहयोग गर्दै आएको छ ।

Advertisement

यसैगरी मन्त्री आलेको सहयोगमा ५० भरिएका अक्सिजन सिलिन्डर, ५० हजार मास्क डोटी जिल्ला अस्पताललाई र ५० हजार मास्क तथा ५० भरिएका अक्सिजन सिलिन्डर सेती प्रादेशिक अस्पताल कैलालीका लागि पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री