
चीनले अनुदानमा दिएको अक्सिजन सिलिन्डर सांसद् गंगा चौधरीको घरमा भेटिएपछि उनी बिवाद्मा तानिएकी छन्। दाङबाट निर्वाचित एमाले सांसद चौधरी बस्ने बानेश्वरको ओमशान्तिचोकस्थित डेरामा केही थान सिलिन्डर फेला परेका थिए।
सांसदको घरमा सिलिन्डर भेटिएको भन्दै सामाजिक सन्जालमा एउटा भिडियो पोस्ट गरिएको थियो। जसमा नीलो रङका सिलिन्डर देख्नसकिन्छ। भिडियोमा एक व्यक्ति भन्छन्, ‘सिलिन्डर देखियो घरमा लुकाएर राखेको छ।’
अर्काको आवाज सुनिन्छ- ‘को छ यो घरमा? यो सिलिन्डर कसको हो?’‘यो त चाइना सरकारले दिएको, माननीय सांसदले ल्याएको रहेछ,’ अर्का व्यक्तिकाे आवाज सुनिन्छ, ‘यो त चाइना सरकारले दिएको सिलिन्डर होइन र?’ अर्का व्यक्ति बोल्छन्, ‘बानेश्वर प्रहरीलाई खबर गर्नुस् र जफत गर्नुस्।’ ।
सांसद चौधरी आफूमाथि लागेको आरोप स्वीकार्न तयार छैनन्। ‘मैले जिल्लामा पठाउन जोहो गरिरहेकी थिएँ। केही मानिसले रिस साध्नका लागि कोठमा छापा मार्न लगाएका हुन्। जनप्रतिनिधि भएकाले मेरो पहिलो दायित्व स्थानीय तहका जनताको मर्म बुझ्नु हो’, उनले भनिन्।
आफूले १० थान सिलिन्डर दाङ पठाइसकेको र दुई थान अझै आफ्नो कोठामै रहेको उनले बताइन्। ‘अस्ति हामीले १० थान सिलिन्डर ल्यायौं। ठाउँ अभाव भएकाले दुई थान अझै ल्याउन बाँकी छ’, उनले भनिन्।
अक्सिजन सिलिन्डर कता हराउँछन ?
चाईना सरकारले दिएको अक्सिजन सिलिन्डर आउने बित्तिकै को माननियले घरमा लगेर थनक्याका हुन ?
नाम सर्बजनिक होस @NepalPoliceHQ
यो माहामारीमा यस्तो बुद्धि ?
यस्तैलाई हो टुडिंखेलमा ल्याएर नाक डाडी भाचिने गरि घुमाएर राउण्ड किक हान्नुपर्ने । pic.twitter.com/rnKA2kkobJ— Abhishek Raj Singh (@seeuabhishek) May 16, 2021










प्रतिक्रिया