सतहमा जसपाको विवाद, उपेन्द्रले बोलाए बैठक
समयपोष्ट
२०७८ जेठ २ गते ७:०१
जनता समाजवादी पार्टी (जसपा) नेपालको आन्तरिक विवाद सतहमा देखिन थालेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले शनिबार बैठक बोलाएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले बैठक नै नडाकिएको भन्दै प्रेस विज्ञप्ति निकालेर आपत्ति जनाएका छन् ।
विज्ञप्तिमा उनले जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार दिनको १ बजेदेखि पार्टी कार्यालयमा हुने भनेर विभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जालबाट सूचना र समाचार पाएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया