शुक्रबार, १४ वैशाख २०८१

सकियो ओली र नेपाल पक्षबिचको वार्ता

समयपोष्ट २०७८ वैशाख ३१ गते २२:०८

Advertisement

नेकपा एमालेको प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपाल पक्षबिचको वार्ता सकिएको छ ।

शुक्रबार साँझ सिंहदरबारमा बसको दुई पक्षबिचको वार्ताले कार्यदलको नाम टुंगाउन ओली र नेपाललाई जिम्मा दिएको छ ।

एमालेको विवाद २०७५ जेठ २ गतेको वरपर रहेर समाधान गर्ने सहमति भएको नेता भीम रावलले जानकारी दिए । वार्तामा ओली पक्षबाट ईश्वर पोखरेल, रामबहादुर थापा विष्णु पौडेल, विष्णु रिमाल थिए । नेपालपक्षबाट नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त वार्तामा बसेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री