
पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार २१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८४६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । त्यस्तै, सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ रहेको छ । क्वारेन्टाइनमा ५१६ जना छन् ।
पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना निको भएका छन् । त्यस्तै २ सय ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ४ हजार ६६९ जनाको मृत्यु भएको छ ।









प्रतिक्रिया