शुक्रबार, १४ वैशाख २०८१

सिइडिबी हाइड्रोपावरको साधारण सेयर बाँडफाँट

समयपोष्ट २०७८ वैशाख ३१ गते १२:३८

Advertisement

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारण सेयर बाँडफाँट भएको छ ।

कम्पनीको साधारण सेयरमा आवेद दिएका मध्ये योग्य आवदेक १६ लाख ८५ हजार ६ सय २७ जनालाई गोलाप्रथामा सहभागी गराईएको जसमध्यबाट २ लाख ३४ हजार १ सय ९५ जनाले शेयर १० कित्ताको दरले शेयर पाएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

कम्पनीले सर्वसाधारणको लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता आइपीओ निष्काशन गरेको हो । जसमध्ये ५० हजार ३ सय ६५ कित्ता कम्पनीको कर्मचारीको लागि र १ लाख २५ हजार ९ सय ११ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो ।

बाँकी रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ताको सर्वसाधारणले आवेदन दिन दिएका हुन् । कम्पनीको आईपिओमा १४ लाख ५५ हजार बढी आवेदकको हात खाली भएका छन् भने ४ हजार ४ सय ४२ जनाको आवेदन अयोग्य भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री