४ लाख नाघे कोरोना संक्रमित, १३९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ९२७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ३ हजार ७९४ जना पुगेको छ।

Advertisement

पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ हजार ७ जना निको भएका छन् ।

यस्तै हाल देशभर सक्रिय संक्रमित संख्या ९३ हजार १४१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा मात्रै १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृतकको संख्या यो हालसम्मकै धेरै हो ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८५९ पुगेको छ। पीसीआर विधिबाट आज १७ हजार ६२३ र एन्टिजेन विधिबाट ७८८ जनाको परीक्षण गर्दा जम्मा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री