एनएसजेएफलाई राखेपको सहयोग

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरुप आज स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोभिड–१९को जोखिम नियन्त्रण र रोकथामका लागि गरिएको निषेधाज्ञामा पनि सञ्चारकर्मीले अग्रपङ्क्तिमा रहेर काम गर्नुपर्ने अवस्थालाई ध्यानमा राखी राखेपले स्वास्थ्य सामग्री सहयोगस्वरुप प्रदान गरेको हो ।

Advertisement

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एनएसजेएफका पूर्वअध्यक्ष निरञ्जन राजवंशीलाई एक सय थान सेनिटाइजर र २०० थान सर्जिकल मास्क हस्तान्तरण गर्नुभयो । यसअघि २०७६ साल चैतमा गरिएको लकडाउन अवधिमा पनि राखेपले एनएसजेएफलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री