प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नेकपा एमालेले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आइतबार यस्तो ह्वीप जारी गरेका हुन् ।

Advertisement

उनले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान,२०७७ को धारा २४ बमोजिम ह्वीप जारी गरेको जनाएका छन् । बैशाख २७ गते सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिदैछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री