खनाल-नेपाल समुहका सांसदहरुको राजीनामा दिने तयारी, सिंहदरबार पुगे यी सांसद

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनुअगावै नेपाल समूहका सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् ।

Advertisement

झलनाथ खनाल र माधवकुमार नेपाल समुहका सांसदहरू राजीनामा दिनका लागि आइतबार दिउँसो ३ बजेदेखि संघीय संसद् सचिवालय सिंहदरबारमा पुगेका छन्। सचिवालय परिसरमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, पवित्रा निरौला खरेल, निरादेवी जैरू, सरला यादव, विरोध खतिवडा लगायत छन् ।

पार्टीमा विवाद विवाद बढ्दै गएको र अध्यक्ष केपी ओलीले आफूहरुको माग सम्बन्धोन नगरेपछि राजीनामा दिन लागेको बताइएको छ । ओलीले अदालतको फैसलाअनुसार २०७५ जेठ २ मा फर्किन नमानेपछि माधव पक्ष सांसद पदबाट राजीनामा दिने निर्णयमा पुगेको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री