बिहीबार, १३ वैशाख २०८१

दोलखा भीमसेनलाई फेरी आयो पसिना

समयपोष्ट २०७८ वैशाख २५ गते १४:२१

Advertisement

दोलखाको सु-प्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १९ औं पटक पसिना आएको छ ।

दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई गुठी र पुजारीको हवाला दिदै मन्दिरको ड्युटीमा तैनाथ सुरक्षाकर्मीले भर्खरै यससम्वन्धी जानकारी दिएका हुन् ।

यस अघि २०७७ मंसिर ९ गते १८ औं पटक भीमसेनलाई पसिना आएको थियो । यस अघि २०७६ फागुन ८ गते १७ औं पटक भीमसेनलाई पसिना आएको थियो । उक्त वर्ष सवा घण्टासम्म पसिना आउँदा देशमा कोरोना भाइरसको महामारी भित्रिएको जनविश्वास रहँदै आएको छ ।

भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक मान्यता रहँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री