शुक्रबार, ७ वैशाख २०८१

रिलायन्स फाइनान्सको १०.५३ प्रतिशत लाभांश पारित

समयपोष्ट २०७८ वैशाख २२ गते १७:०३

Advertisement

रिलायन्स फाइनान्सको प्रस्तावित १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित भएको छ । संस्थाको बुधवार भर्च्युअल माध्यमबाट सम्पन्न ११औं वार्षिक साधारणसभाले उक्त लाभांश प्रस्ताव पारित गरेको हो ।

सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश पाउने भएका छन् ।

हाल संस्थाको चुक्ता पुँजी ८३ करोड २४ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ९१ करोड ५६ लाख रुपैयाँ नाघेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री