
प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गरेका छन् ।
सम्बोधनको क्रममा ओलीले नागरिकको जीवन रक्षाका लागि सरकार लागिपरहेको बताए । ओलीले कोभिडको नयाँ स्वरूपको लहर थप घातक रुपमा देखापरेको भन्दै निषेधाज्ञा थप कडाइ गर्न लागिएको बताए । उनले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको बताउँदै त्यसका लागि सरकारको सबै संयन्त्र परिचालित रहेको बताए ।
हालसम्म कोरोनाबाट ३ हजारभन्दा बढीले ज्यान गुमाएको भन्दै उनले सबै नागरिकलाई खोप लगाउनका लागि सरकार लागिरहेको बताए ।
हाल संक्रमण फैलिन नदिनका लागि विज्ञहरूको सुझावअनुसार नै निषेधाज्ञा लगाउनेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोकिएको, भारतसँगका नाका बन्द गरिएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
सम्बोधनको क्रममा ओलीले अवकाश प्राप्त चिकित्सकलाई एक वर्षका लागि करारमा नियुक्त गरिने बताए । स्वास्थ्यकर्मीलाई मासिक तलबकाे ५० प्रतिशत भत्ताको व्यवस्था गरिने प्रधानमन्त्री ओलीले बताए ।










प्रतिक्रिया