विरोधका बिच मुख्यमन्त्री पोखरेलले लिए सपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिएका छन ।

Advertisement

आइतबार साँझ प्रदेशका प्रमुख धर्मनाथ यादवले पोखरेललाई उनकै निवासमा पुगेर सपथ गराएका हुन् ।

विपक्षी गठबन्धनले ४२ सांसदको हस्ताक्षरसहित वहुमत दावी गरेकै अवस्थामा पोखरेलले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

मुख्यमन्त्री रहेका पोखरेलले संविधानको धारा १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ (१) अन्तर्गत एमालेको एकल सरकार गठन गर्ने भन्दै विहान राजिनामा दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री