शनिबार, ८ वैशाख २०८१

सिद्धार्थ इन्स्योरेन्सका कर्मचारीलाई कोरोना संक्रमण

समयपोष्ट २०७७ जेठ १० गते १५:४२

Advertisement

सिद्धार्थ इन्स्योरेन्सले कम्पनीको कमलादी शाखा कार्यालयलाई संक्रमणरहित बनाएर सेवा दिने तयारी गरेको छ। त्यहाँ कार्यरत एक कर्मचारीलाई कोभिड-१९ संक्रमण भएको परीक्षण रिपोर्ट आएपछि कम्पनीले सतर्कता अपनाएको हो।

शाखामा कार्यरत एक जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछि कम्पनीले कमलादी शाखा सिल गरेर सबै कर्मचारीको कोरोना जाँच गराइसकेको छ। सबैको रिपोर्ट नेगेटिभ आएपछि आइतबारदेखि नै कमलादी शाखाबाट सेवा दिने तयारी गरिएको हो।

सरकारले तोकेको मापदण्ड अनुसार कार्यालयलाई संक्रमणरहित बनाइएकाले जेठ ११ गते आइतवारदेखि सीमित कर्मचारीबाट सेवा दिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री