शुक्रबार, १४ वैशाख २०८१

टोखा नगरपालिकामा १३ जनामा देखियो कोरोना पोजेटिभ

समयपोष्ट २०७७ जेठ ७ गते २०:०९

Advertisement

काठमाडौँको टोखा नगरपालिकामा आर डि टि विधिबाट गरिएको कोरोना परिक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ। बुधबार नगरपालिकाका विभिन्न चार स्थानमा ५०३ जनाको आर डि टि विधि मार्फत परिक्षण गरिएकोमा १३ जनाको रिपोर्ट पोजेटिभ आएको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले जानकारी दिए । आजै २९३ जनाको पि सि आर विधिबाट परिक्षण गरिएको र उक्त स्याम्पल टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाईएको अधिकारीले बताए ।

आर डि डि पोजेटिभ देखिएकालाई नगरपालिकाकै क्वारेनटाईनमा राखिएको साथै उनीहरुको पि सि आर परिक्षणको लागि नमुना समेत पठाईसकेको उनले जानकारी दिए । उक्त नगरपालिकामा कोरोना नमुना परिक्षणको लागि ग्राण्डी इन्टरनेस्नल अस्पताल, ईशान बाल तथा महिला अस्पताल, ग्रिन सिटी अस्पताल र विनायक अस्पतालले सहयोग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री