शनिबार, १५ वैशाख २०८१

शिखर इन्स्योरेन्सद्वारा ट्राफिक प्रहरीलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग

समयपोष्ट २०७७ जेठ ४ गते १९:०१

Advertisement

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोनाभाइरस संक्रमण नियन्त्रणको लागि खटिएका ट्राफिक प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । कम्पनीले काठमाडौ उपत्यकामा खटिने करिब १ हजार ५०० ट्राफिक प्रहरीको लागि महानगरीय ट्राफिक प्रहरी महाशाखामार्फत स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको हो ।

कम्पनीले आइतबार काठमाडौ उपत्यकामा महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भिम प्रसाद ढकाललाई १,५०० थान फेस शिल्ड, १,५०० थान सेफ्टी गगल्स, १,५०० थान केएन९५ मास्क, ५,००० थान सर्जिकल मास्क र १५० लिटर (३०० बोटल) सेनिटाइजर हस्तान्तरण गरेको जनाएको छ । विश्वव्यपी रुपमा फैलिरहेको कोरोना भाइरसको सक्रमण नियन्त्रण कार्यमा ट्राफिक प्रहरीको महत्वपूर्ण भूमिका रहने हुँदा उनीहरुको व्यक्तिगत सुरक्षाको लागि सो सामाग्रीहरु हस्तान्तरण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री