शनिबार, ८ वैशाख २०८१

हेर्नुहोस् कस्तो रहने छ तपाईको यो महिना

समयपोष्ट २०७७ जेठ ४ गते १३:५३

Advertisement

मेष : सोचे अनुरुप कार्य गर्न नपाउँदा मनमा खिन्नता हुुन सक्छ । पारिवारिक वातावरण सुखमय रहनेछ । सानो कुुरामा पनि निकै खट्नुुपर्नेछ । श्रीमान्बाट अपेक्षित सहयोग एवं सद्भाव मिल्नेछ । तपाईंको सोझोपनको अरुले फाइदा उठाउन सक्छन् । प्रतिस्पर्धीहरूबाट टाढै रहनुुहोला । टाउको एवं आँखा दुुख्ने संभावना भएकाले प्रशस्त पानी एवं रसिलो खानेकुरा सेवन गर्नु लाभदायक रहनेछ । अनावश्यक खर्च हुुनसक्ने भएकोले सरसामान किन्दा सतर्क रहनुुपर्ने बेला छ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ ।

वृष : कुुनै काम विशेषले सानोतिनो यात्रा गर्नुुपर्ला । सानो कामका लागि पनि आफूं खट्नुपर्नेछ । विविध कारणले गर्दा सहयोगी हातहरू पछि हट्न सक्छन् । कसैबाट कुनै कुराको अपेक्षा नगर्नुु नै राम्रो हुुनेछ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । आफ्नो इच्छा एवं खुुशीका लागि केही समय निस्कनेछ । श्रीमान्बाट अपेक्षित माया एवं सदभाव मिल्नेछ । धेरै समयपछि आप्mनो लागि केही गर्ने मौका मिल्नेछ । पेट एवं मुुटुुका रोगीहरूले स्वास्थ्यको राम्रो ख्याल गर्नुु होला ।

मिथुन : प्रतिस्पर्धीहरूले दुुःख दिने प्रयास गर्नसक्छन् , सजग रहनुुहोला । आफ्नो गोपनीयताको ख्याल गर्नुहोला । कसैसित पनि आफ्नो भित्री कुरा नखोल्नुुहोला । अपेक्षित व्यक्तिले ऐन मौकामा धोका दिनसक्ने भएकाले अरुको भर नपरी आफ्नो कार्य आफैं गर्नुहोला । कहिलेकाहिँ राम्रो गर्दागर्दै पनि भनाइ खानुुपर्ने हुनसक्छ । असम्बन्धित कुुराबाट टाढै रहनुु राम्रो हुुनेछ । अनावश्यक खर्च हुुने योग भएकाले अत्यावश्यक सामग्रीको मात्र खरिद गर्नुु उपयुुक्त हुुनेछ । आफूलाई चित्त नबुुझेको कुुरालाई खुलस्त रूपले प्रकट गर्न सके दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ ।

कर्कट : इच्छानुसार काम गर्ने मौका मिल्नेछ । धार्मिक कार्यप्रति झुकाव बढ्नेछ । पारिवारिक सदस्यहरूले तपाईंको इच्छा बुुझी कार्य गर्ने प्रयास गर्नेछन् । घरमा भएका सामग्रीलाई हेरफेर गर्ने विचार मनमा आउनसक्छ । प्रायः सबै कार्य तपाईंकै योजनामा सम्पन्न हुुनेछन् । प्रतिस्पर्धिहरुले तपाईंलाई कसैको विरुद्ध कान भर्ने प्रयास गर्नसक्छन्, सतर्क रहनुुहोला । अनावश्यक झमेलाबाट टाढै रहनुुहोला ।

सिंह : बहुप्रतिष्ठित कार्यमा सफलता मिल्नेछ । धेरै समयदेखि थाती रहेको कामले गति लिन थाल्नेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । छोराछोरीले पनि तपाईंको सुुखदुःख बुुझी कार्य गर्नेछन् । आप्mनो इच्छानुुसार समय बिताउने मौका मिल्नेछ । माइती मावली इष्टमित्रसित भेटघाट हुुनेछ । आर्थिक पक्ष सुुदृढ रहनेछ । व्यापार क्षेत्र फस्टाउँदै जानेछ । घरमा कुुनै सामग्रीमा हेरफेर हुुनसक्छ । शत्रुुवर्गहरू आफैं तर्किदै हिँड्नेछन् । साथीसंगीसित रमाइलो गफगाफ हुुनेछ ।

कन्या : कहिलेकाहिँ काम गर्दा आकस्मिक बाधा आइ लाग्न सक्छ । पहिलो प्राथमिकतामा पर्ने कामलाई नसाँची बेलैमा पूरा गर्नु राम्रो हुुनेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । आर्थिक पक्ष सुदृढ हुनुका साथै व्यापारिक क्षेत्र पनि फस्टाउँदै जानेछ । आपूmलाई चाहिने सरसामानको जोहो हुुनेछ । आफ्नो इच्छानुुसार किनमेल गर्ने मौका जुुर्नेछ । माइतीपक्षसित भेटघाट एवं कुराकानी गर्ने समय मिल्नेछ । गर्भवती महिलाहरूले आफ्नो खानपान, आराम एवं स्वास्थ्यमा विशेष ध्यान दिनुुहोला । अनावश्यक खर्च हुुने सम्भावना भएकोले सामान किन्नुपूर्व राम्ररी विचार गरी मात्र किन्नु उपयुुक्त हुुनेछ ।

तुला : परिवारमा कसैलाई सन्तान लाभ हुुनेछ । कुनै–कुुनै कार्य तपाईंले सोचे अनुुसार पूरा हुुनेछ भने कुुनै कार्यको नतिजा के होला भनी मनमा दोधार हुुनेछ । पारिवारिक सुुख एवं सहयोग मिल्नेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । स्वास्थ्य, खानपान र आरामको ख्याल गर्नुुहोला । कुुनै कुुराले गर्दा मनमा तनाव हुुनसक्छ । सकेसम्म सकारात्मक सोचाई भएकासित सम्पर्कमा रहनुुहोला । दाम्पत्य जीवनमा कहिलेकाहीँ आफ्नो जोडीले गरेको कुनै कामकुरा चित्त नबुझ्न सक्छ । आफूलाई मनमा लागेको कुरा खुुलेर बुझ्ने गरी अभिव्यक्त गरेमा मन हलुुका हुुनेछ ।

वृश्चिक : इच्छाअनुरूप काम सम्पन्न हुुँदै जानेछन् । सन्तानबाट अपेक्षित सुुख मिल्नेछ । दाम्पत्य जीवनमा कहिलेकाहिँ ठाकठुुक परेपनि माया एवं समझदारी यथावतै रहनेछ । कुुनै कामको सिलसिलामा कम दूरीको यात्रा गर्नुुपर्ला । स्वास्थ्य, खानपान र आराममा विशेष ध्यान दिनुुपर्नेछ । सानोतिनो कामका लागि पनि आफैं खट्नुुपर्दा निकै व्यस्त भइएला । अलिकति समय आफ्नोव्यक्तिगत कार्यका लागि पनि छुट्याउनुहोस् । आकस्मिक विवाद हुुनसक्ने भएकोले जो कोही सित पनि कुरा गर्दा विचार पु¥याउनुपर्ला । आफूसित असम्बन्धित कुराबाट टाढै रहनसके अनावश्यक तनावबाट बच्न सकिन्छ ।

धनु : मनमा भएको तनाव हटेर मन हलुका हुनेछ । काम गर्ने जाँगर बढ्न गई शरीर पनि स्वतः स्पूmर्त रहनेछ । छोराछोरीबाट सुखसन्तोष मिल्नेछ । दाम्पत्य जीवनमा एक आपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । काम गर्दा विभिन्न माध्यमबाट सहयोग प्राप्त हुनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । व्यावसायिक क्षेत्र पनि फस्टाउँदै जानेछ । समस्याको समाधान हुनुका साथै रोकिएका कामहरूले गति लिनेछन् । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । आफ्नो कार्यक्षेत्रमा सक्रिय रही काम गर्न सके सम्भावित अपजशबाट बच्न सकिन्छ ।

मकर : दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । एकअर्काको भावनालाई राम्ररी बुझ्ने प्रयास हुुनेछ । आफ्नो काममा लगाव बढ्नेछ । परिवार एवं इष्टमित्रसित सम्पर्क भैरहनेछ । साथीसंगीसित पनि बेला–बेलामा रमाइलो गफगाफ हुनेछ । आप्mनो आवश्यकतालाई बुझी काम गर्ने प्रयास हुुनेछ । सोचे अनुसार कामहरू फत्ते हुुँदै जानेछन् । कहिलेकाहिँ नकारात्मक कुराले मन चञ्ंचल गराउन सक्छ । आफूलाई धैर्य र शान्तका साथ सकारात्मक राख्ने प्रयास गर्नु नै लाभदायक हुनेछ । केही समय आफ्नो व्यक्तिगत खुशीका लागि छुट्ट्याउनु राम्रो हुनेछ ।

कुम्भ : पारिवारिक सदस्यहरूसित भेटघाट हुुनेछ । केही समयदेखि मनमा दबेका कुराहरूलाई खुलस्त रुपले भन्ने मौका मिल्नेछ । आर्थिक पक्ष सुदृढ हुुनुका साथै व्यापारिक क्षेत्र पनि फस्टाउँदै जानेछ । दिनचर्या सामान्य हुनेछ । कहिलेकाहिँ राम्रो गर्दागर्दै पनि अनपेक्षित रुपले अपजश पाइन सक्छ । सकेसम्म आफ्नो कार्य आफैं गर्नुहोला । कुराकानी गर्दा पनि चाहिने कुरामात्र ठीक्क बोल्नु नै राम्रो हुनेछ । आफ्नो जोडीको इच्छा बुझी तदनुरुप व्यवहार गर्न सके दाम्पत्य जीवन सुमधुर रहनेछ । छोराछोरीलाई पनि आफ्नै कुरा बुझ्ने गरी बुझाउन सकेमा तपाईंको कुरा सजिलै मान्नेछन् ।

मीन : मनमा भएको तनाव हट्न गई मन प्रसन्न रहनेछ । काम गर्ने जाँगर बढ्नुका साथै शरीर पनि स्पूmर्त हुुनेछ । दिनचर्या सहज हुुँदै जानेछ । आप्mनो इच्छानुुसार काम गर्ने अवसर मिल्नेछ । सानोतिनो कामका लागि कतै यात्रा गर्नुुपर्ला । पारिवारिक सुख बढ्नेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । रोकिएका कामहरु पनि पूूरा हुँदै जानेछन् । विभिन्न सामग्रीको किनमेल हुनेछ । दाम्पत्य जीवनमा एकअर्काको खुुशी एवं सुखदुःख बुझी काम गर्ने प्रयास हुनेछ । प्राय: सबै कार्य आफ्नै प्रभुत्वमा सोचे अनुसार सम्पन्न हुँदा मन गद्गद् हुनेछ ।नारी मासिक पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री