शुक्रबार, १४ वैशाख २०८१

स्वास्थ्य मन्त्रीको अर्को विवादास्पद काम, राष्ट्रिय प्रत्यारोपण केन्द्रमा स्वास्थ्य सेवा बाहिरबाट निर्देशक नियुक्ति

समयपोष्ट २०७७ वैशाख २७ गते १५:२३

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फेरी अर्को बिवादास्पद काम गरेका छन् । केही समय अघि मात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख मेडिकल अधिकृत डा शेरबहादुर पुनको स्पष्टीकरण विवाद सेलाउन नपाउँदै फेरी उनले सिफारिस गरेको भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा निर्देशक नियुक्त प्रक्रिया विवादित बन्न पुगेको हो ।

मानव अङ्ग प्रत्यारोपण विकास समिति (गठन) आदेश, २०६८ नै परिवर्तन गरेर मन्त्री ढकालको सिफारिसमा मन्त्रीपरिषद्ले केन्द्रको निर्देशकमा डापुकारचन्द्र श्रेष्ठको ठाउमा डा. प्रेम ज्ञवाली नियुक्त गरेको छ । उनले शिक्षा मन्त्रालय अन्तरगको त्रिवि शिक्षण अस्पतालका मिर्गौला प्रत्यारोपण सर्जन डा ज्ञवालीलाई केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन ।

समितिको कार्यकारी निर्देशक सम्बन्धी व्यवस्थामा – ‘नेपाल सरकारले मानव अङ्ग प्रत्यारोपण सम्बन्धी क्षेत्रमा कार्यरत स्वास्थ्य सेवाको चिकित्सकहरूमध्येबाट कार्यकारी निर्देशकको नियुक्ति गर्नेछ ।’ भन्ने उल्लेख छ ।

तर यसलाई परिवर्तन गरेर बाहिरबाट मान्छे ल्याएर नियुक्त गर्ने सरकारको कार्यप्रति चिकित्सहरुले असन्तुष्टि जनाएका छन् । ‘यसरी विकास समितिको कार्य आदेश नै परिवर्तन गरेर बाहिरबाट मान्छे ल्याएर नियुक्त गर्ने परम्परा ठिक होइन’, नेपाल चिकित्सक सङ्घका पूर्व अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ भने ।

सरकारी अस्पतालहरु सवै लथालिंग भैरहेका वेला डा श्रेष्ठले मानव अंग प्रत्यारोपण केन्द्रलाई नमुना अस्पतालको रुपमा अगाडी बढाएका थिए । डा. पुकारकै नेतृत्वमा अहिलेसम्म केन्द्रले ६ सयभन्दा बढीको मिर्गौला प्रत्यारोपण गरिसकेको छ भने ५ वटा कलेजो प्रत्यारोपण गरेको छ ।

अंगदानबारे जनचेतना अभियानमा पनि सक्रिया डा श्रेष्ठले नयाँ अंग प्रत्यारोपण ऐन २०७२ र नियम २०७३ ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । जसले गर्दा अहिले अंगदानसम्बन्धी अस्पष्टता हटेको छ । ‘डा. पुकारले राष्ट्रिय प्रत्यारोपण केन्द्रमा धेरै राम्रो काम गर्दा गर्दै हटाउनुमा राजनितिक पूर्वाग्रह देखिन्छ, सरकारका यस्ता कामले डाक्टरहरुको मनोबल गिराउँछ’, नेपाल चिकित्सक सङ्घका पूर्व अध्यक्ष डा.श्रेष्ठ भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री