सोमबार, १७ वैशाख २०८१

बेलायती प्रधानमन्त्री बोरिसले छोरालाई दिए आफ्नो ज्यान बचाउने डाक्टरको नाम

समयपोष्ट २०७७ वैशाख २० गते २१:३८

Advertisement

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो छोराको नाम कोरोना भाइरस संक्रमणका बेला आफ्नो उपचारमा खटिने डाक्टरको नाम राखेका छन् ।

प्रधानमन्त्री बोरिस र उनकी प्रेमिकाले आफ्नो छोराको नाम विल्फ्रेड लरी निकोलास जोन्सन राखेका हुन् ।

आफ्नो हजुरबुवा र जोनसन कोरोनाभाइरसको संक्रमणपछि अस्पताल रहँदा आफ्नो उपचार गर्ने दुई डाक्टरको नाम आफ्नो छोरालाई दिएको साइमन्डसले शनिबार इन्सटाग्राममार्फत जानकारी दिएकी छिन् ।

छोराको नाममा ‘विल्फ्रेड’ प्रम जोन्सनको हजुरबुवाको नामबाट, ‘लरी’ आफ्नो हजुरबुवाको नामबाट र ‘निकोलास’ प्रम जोन्सनको ज्यान बचाउने डा. निक प्राइस र डा. निक हार्टबाट राखिएको उनले बताएकी छिन् ।

उनले कोरोनाभाइरसको उपचारपछि जोनसन आइसीयूबाट डिस्चार्ज भएको केही दिन अर्थात गत बुधबार विल्फ्रेडलाई जन्म दिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री