नेपाल लाइफ इन्स्योरेन्सको १९ औं वार्षिक साधारण सभाको मिति तय
समयपोष्ट
२०७६ वैशाख १३ गते १२:२४

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १९ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीले आगामी जेठ ४ गते शनिबार होटल दियालो वीरगञ्जमा बिहान ९:३० बजे साधारण सभा बोलाएको हो।
साधारण सभाले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई २५ प्रतिशत बोनस तथा २३.५० नगद लाभांश गरि कूल ४८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।
नेपाल लाईफले १९ औं वार्षिक साधारण सभा तथा लाभांश प्रयोजनका लागि बैशाख १९ गते शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने मिति निर्धारण गरेको छ।
यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात बैशाख १७ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा सहभागिता जनाउन पाउनुका साथै गत आर्थिक वर्षको लाभांश पाउनेछन्।




























प्रतिक्रिया