डिसहोमको १० प्रतिशत सेयर जारी गर्ने प्रस्ताव पारित
समयपोष्ट
२०७६ वैशाख १२ गते ११:०५
डिस मिडिया नेटवर्कले साधारण शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको ९ औं बार्षिक साधारण सभाले कुल जारी पुँजीको न्यूनतम १० प्रतिशत शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।
कम्पनीले आफ्नो ब्यापार बिस्तारका लागि पूँजी जोहो गर्न साधारण शेयर जारी गर्न लागेको जनाएको छ । नियामक निकायसँग छलफल गरेर शेयर जारी गर्ने प्रकृयामा डिसहोम रहेको छ ।
साधारण सभाले यसअघिकै संचालक समितिलाई आगामी चार बर्षका लागि निरन्तरता दिने निर्णय गरेको छ । संचालक समितिको अध्यक्षमा हेमराज ढकाल नै चयन भएका छन् ।
प्रतिक्रिया