ल हेर्नुहोस् सेल्फीका लागि गोरिल्लाको ‘पोज’, तस्विर भाइरल
एक व्यक्तिको दुई गोरिल्लासँगको सेल्फी अहिले निकै भाइरल भइरहेको छ । उक्त तस्विरमा दुई गोरिल्लाले फोटो खिच्ने बेला मानवले झैं ‘पोज’ दिइरहेका छन् ।
गोरिल्ला डाकाजी र डेजे क्यामरा अगाडि निकै सहज तरिकाले ‘पोज’ दिइरहेका छन् । एउटाले खुट्टा फट्याएर शानका साथ उभिरहेको छ भने अर्कोले क्यामराको लेन्स अगाडि फर्किएर पोज दिइरहेको छ ।
‘यी गोरिल्ला गर्ल्स निकै चुलबुले छन् । उनीहरुको व्यक्तित्व झल्काउने यो उत्कृष्ट फोटो हो, ’ भिरुङ्गा नेशनल पार्कले आफ्नो इन्स्टाग्राममा लेखेको छ ।
‘र यी युवतीलाई दुई खुट्टामा उभिएको देख्दा अचम्म मान्नु पर्दैन किनभने उनीहरुलाई समय समयमा यसरी नै हिँड्न सहज लाग्छ,’ यसमा थपिएको छ ।
‘अफिसमा अर्को दिन…’ म्याथ्यु सामाभुले फोटो पोस्ट गर्दै लेखे । यो फोटोलाई अहिलेसम्म २० हजार बढीले सेयर गरिसकेका छन् ।
यो पार्कमा हजारवटा गोरिल्लाको बसोबास रहेको अनुमान गरिन्छ । यहाँ वन्यजन्तुको सुरक्षार्थ ६ सय रेन्जर्स खटिएका छन् ।
यहाँ थुप्रै रेन्जर्सको हत्या भएको छ जसमध्ये गतवर्ष दुई बेलायती नागरिक अपहरणमा परेका थिए । अर्का रेन्जर हाकिजिमाना सिनामेन्ये चाड्राकको हिप्पोको आक्रमणपछि मार्चमा मृत्यु भएको थियो ।
प्रतिक्रिया