शिक्षाको उद्देश्य सार्थक जीवन र समुन्नत समाजको स्थापनामा अहं भूमिका निर्वाह गर्ने हुनुपर्छ
पाठशाला आफैँमा प्रगतिशील, समयसापेक्ष र आधुनिक शिक्षणशैली अपनाउने विद्यालय हो । यहाँ विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि उनीहरूलाई प्रत्यक्ष सहभागी गराएर सिकाइन्छ । साथै, यहाँ शिक्षकले बोल्ने र विद्यार्थीले सुन्ने हुँदैन । अन्तरक्रियात्मक रूपमा विद्यार्थीहरूलाई सिकाइन्छ । यहाँको शिक्षण पद्धति अत्यन्तै समय–सान्दर्भिक छ । भोलिको विश्वमा सफल जीवनयापन गर्न, समाजमा उपयोगी सफल व्यक्तित्व बन्न विद्यालय शिक्षाको भूमिका अहं हुन्छ । त्यस्तै, अभिभावक र विद्यालयबीचको समन्वय पनि त्यत्तिकै आवश्यक पर्छ । ती विषयमा पाठशाला विश्वास गर्छ र त्यहीरूपमा अगाडि बढिरहेको छ ।
सिकाइ शैली
तिमीलाई पछि काम लाग्छ भन्नुभन्दा पनि तिम्रा लागि किन उपयोगी छ भन्ने हरेक विद्यार्थीले बुझ्नुपर्छ । उसले आफ्नो स्तरबाट बुझ्न पनि सक्छ ।
विद्यार्थीको जीवनमा के सिकाइ उपयोगी हो ? ऊ प्रत्यक्ष सहभागी भएर सिकेको छ कि छैन ? उसको सिकाइ प्राज्ञिक मात्र होइन, नैतिक, सामाजिक, व्यवहारिक पक्षदेखि लिएर विद्यार्थीको आत्मविश्वास, सिकाइमा सहभागी हुँदाको उसको सुखानुभूति, सिकाइ के–का लागि भन्ने विद्यार्थीले थाहा पाउनुपर्छ । तिमीलाई पछि काम लाग्छ भन्नुभन्दा पनि तिम्रा लागि किन उपयोगी छ भन्ने हरेक विद्यार्थीले बुझ्नुपर्छ । उसले आफ्नो स्तरबाट बुझ्न पनि सक्छ ।
आजको सिकाइ शिक्षक केन्द्रितभन्दा पनि विद्यार्थीमा बढी केन्द्रित हुनुपर्छ । त्यो केन्द्रित हुने विषयमा शिक्षकहरूलाई दिइने तालिम र अपनाइने पद्धतिले सबैभन्दा बढी महत्व राख्छ । हरेक विद्यार्थी शिक्षकको लागि पूर्ण मानव पनि हो । त्यस कारण बच्चाहरूलाई त्यहीअनुसारको सम्मान, सम्बोधन गरेर ऊसँग भएको विशेष क्षमता पहिचान गरेर त्यसलाई उजागर गर्नुपर्छ । त्यसो हुँदा मात्र उसले अझै बढी गर्न सक्छ र खुसी पनि हुन्छ । त्यसैले शिक्षाको उद्देश्य सार्थक जीवन र समुन्नत समाजको स्थापनामा अहं भूमिका निर्वाह गर्ने हुनुपर्छ । असल मानिस र सुसूचित योग्य नागरिक निर्माण गर्नेतर्फ शिक्षा केन्द्रित हुनुपर्छ किनकि एक असल र शिक्षित व्यक्तिले नै आमसमाजमा परिवर्तनको ज्योति सल्काउन सक्दछ । हामी त्यही मान्यतामा अगाडि बढिरहेका छौं ।
नीति, नियम र शिक्षण पद्धति
शिक्षा भनेको हामी कस्तो जीवन बाँच्न कस्तो तयारी गरिरहेका छौं भन्ने भएको हुनाले हामी चहान्छौँ– नीति, नियमहरू पनि कुनै वाद या विश्वासलाई केन्द्र गरेर भन्दा पनि बालबालिका वाद विश्वासभन्दा माथि छन् ।
हरेक नीति, नियम र शिक्षण पद्धति आफैँमा गतिशील विषय हुन् । एउटा समयमा कुनै कुरा बढी लाभदायक र उपयोगी हुन सक्छ । विश्वको समाजमा परिवर्तन आइरहेको छ । शिक्षा भनेको हामी कस्तो जीवन बाँच्न कस्तो तयारी गरिरहेका छौं भन्ने भएको हुनाले हामी चहान्छौँ– नीति, नियमहरू पनि कुनै वाद या विश्वासलाई केन्द्र गरेर भन्दा पनि बालबालिका वाद विश्वासभन्दा माथि छन् । ती पछिका कुरा हुन् । फेरि, एउटा योग्य बच्चा भोलि नेपालमै रहन्छ भन्ने पनि छैन । अथवा अयोग्य हुँदैमा नेपालमा हुनुपर्छ भन्ने पनि छैन । अहिले विश्व ब्रह्माण्ड खुला छ । बढी योग्य भए उसले बढी गर्न सक्छ । या भनौँ, बढी सिके आएर बढी दिन सक्छ । त्यस कारण ती बाटाहरू पहिल्याइदिने कुराहरू हुन् । पहिल्याउन सहयोगसिद्ध हुने नीति, नियम हुनुपर्छ भन्ने मान्यता हामी राख्छौँ । कतिपय आवश्यक ठानेका ठाउँमा र हाम्रा कुरा सुनाउन र भन्न मिल्ने र सुनिने ठाउँमा प्रयास पनि गरिरहेका छौँ ।
अभिभावकलाई सुझाव
आजका अभिभावकहरू धेरै नै विवेकशील र जागरुक हुनुहुन्छ । अहिले अभिभावकलाई बुझाउनुपर्ने आवश्यकता नै पर्दैन । केही दशकअघि सबै कुरा बताउनुपर्ने समय थियो तर आजको समयमा त्यसरी बोलिराख्नुपरेको छैन । उहाँहरू आफैँले बढी बुझ्नुभएको छ । हरेक अभिभावकले जति सम्भावना हुन्छ, त्यति आफ्ना बच्चाहरूलाई फल्ने–फुल्ने वातावरण दिने हो ।
विद्यालय आफैँमा एउटा समाज हो । एउटा मिनी युनिभर्स हो । त्यहाँ उसलाई चाहिने न्यूनतम कुराहरू पुगेको हुनुपर्छ भन्नेमा अभिभावकहरूले बुझ्नुभएको छ ।
विद्यालय आफैँमा एउटा समाज हो । एउटा मिनी युनिभर्स हो । त्यहाँ उसलाई चाहिने न्यूनतम कुराहरू पुगेको हुनुपर्छ भन्नेमा अभिभावकहरूले बुझ्नुभएको छ । अहिले नेपालका अधिकांश अभिभावकहरूले गुणस्तरीय शिक्षाका लागि विद्यार्थीहरू विदेश लैजाने परिपाटीमा परिवर्तन ल्याउँदै विदेश गएका थुप्रै विद्यार्थीहरू नेपाल फर्किने गरेको र पाठशाला तिनको रोजाइ बन्ने गरेको स्थिति छ । अभिभावकबाट हामीले पूर्ण सहयोग पनि पाएका छौँ ।
प्रतिक्रिया