मंगलबार, ६ साउन २०८२

अभिभावक, विद्यालय र विद्यार्थीबीचको सम्बन्ध अति आवश्यक हुन्छ : सुरेन्द्र श्रेष्ठ

समयपोष्ट २०७६ वैशाख ६ गते १०:१५

हरेक अभिभावकको चाहना पनि आफ्ना बालबालिका सबै कुरामा निपुण हुन् भन्ने नै हुन्छ । अहिले सबैले शिक्षाको महत्व बुझिसकेका पनि छन् । त्यस कारण मानिसहरूले सकी–नसकी बालबालिकालाई राम्रो शिक्षा दिनुपर्छ भनेर लागेको हामी पाउँछौँ ।

सुरेन्द्र श्रेष्ठ
अध्यक्ष, नोबेल एकेडेमी

नोबेल एकेडेमी स्थापना भएको करिब २२ वर्ष पूरा भइसकेको छ । यो एउटा स्थापित संस्था हो । यहाँबाट एसईई, पल्स टु गरेका करिब ८० प्रतिशत विद्यार्थीहरू आफ्नो लक्ष्यमा पुग्न सफल भएका छन् । स्वदेशमा मात्र नभई विदेशमा समेत हाम्रा विद्यार्थीहरूले राम्रो गरिरहेका छन् । जुन हाम्रा लागि निकै गौरवको कुरा हो ।

अहिलकोे सबैभन्दा ठूलो चुनौती भनेकै राजनीतिक व्यवस्थापन हो । पढ्ने र पढाउने जहाँ पनि हुन्छ । तर के र कस्तो पढाउने भन्ने कुरा मुख्य हुन् । हामी यस विद्यालयमा विद्यार्थीहरूलाई संसारको कुनै पनि कुनामा गएर प्रतिस्पर्धा गर्न सक्ने बनाउँछौँ । अहिलेको आवश्यकता पनि त्यही हो । भोलि यस विद्यालयबाट उत्तीर्ण भएर गइसकेपछि कुनै पनि कुरा विद्यार्थीको लागि नौलो नहोस् । मैले यो पहिले नै गरिसकेको थिएँ अथवा म गर्न सक्छु भन्ने आत्मविश्वासको विकास गराउनेखालको शिक्षा यहाँ विद्यार्थीहरूले पाउँछन् ।
अहिलेको सन्दर्भमा विद्यार्थी परीक्षामा उत्तीर्ण हुनु र नहुनुले कुनै अर्थ राख्दैन । मुख्य कुरा लक्ष्य निर्धारण गर्ने र त्यसलाई प्राप्त गर्ने बाटोतिर दृढतापूर्वक लाग्ने नै हो । विद्यार्थीमा भएको प्रतिभा, खुबी उजागर गरिदिने र उसले तय गरेको गन्तव्यमा पुग्न बाटो बनाइदिने काम हामी गर्छौं ।

नियमन कसले गर्ने ?

अहिले शिक्षालाई स्थानीय तहले नियमन गर्न थालेसँगै विभिन्न टीकाटिप्पणी पनि हुने गरेका छन् । तर केन्द्रबाट विकेन्द्रित हुनेबित्तिकै सबै कुरा राम्रो हुँदै जाने अथवा नराम्रो हुँदै जान्छ भन्ने हुँदैन । सुधार गर्दै जानुपर्ने विभिन्न पक्षहरू होलान् । यो राम्रैको लागि गर्न खोजेको जस्तो लाग्छ । तर केन्द्रबाट खोसेर लिने अनि परिणाम अहिलेको भन्दा पनि नराम्रो आयो भने त्यो राज्य, विद्यार्थी र अभिभावक सबैका लागि हानिकारक हुन्छ । यसलाई संयोजन गरेर गर्दा अझ राम्रो हुन्छ ।

पासका लागि मात्र पास हुने होइन । यस विषयमा सम्बन्धित निकायले खोज–अनुसन्धान गरेर अगाडि बढ्नुपर्ने आवश्यकता देखिन्छ ।

हाम्रो देश भौगोलिक रूपमा पनि त्यति ठूलो छैन । त्यस कारण यसलाई नियमन गर्ने एउटै हुँदा पनि खासै फरक पर्दैन । तर अहिले प्रान्तीयमा जाँदा कमजोरी हने हुने हो कि भन्ने डर छ । सबैभन्दा ठूलो कुरा भनेका विद्यार्थीहरू नै हुन् । परीक्षामा ए प्लस, ए आउने तर विद्यार्थीले आफ्नो उद्देश्यअनुसारको ज्ञान नै नपाउने स्थिति आयो भने समस्या हुन्छ । पासका लागि मात्र पास हुने होइन । यस विषयमा सम्बन्धित निकायले खोज–अनुसन्धान गरेर अगाडि बढ्नुपर्ने आवश्यकता देखिन्छ ।

विद्यार्थी र अभिभावकहरूलाई सुझाव

भोलि त्यो विद्यार्थी संसारको कुनै पनि कुनामा पुग्दा यो निपुण छ है भन्ने बनाउनु हाम्रो उद्देश्य हो । अहिले अभिभावक पनि त्यही चाहन्छन् । हामी अभिभावकका त्यही चाहना पूरा गर्ने बाटोमा छौँ ।

 

आजको विद्यार्थीको हातमा भोलिको देशको भविष्य जोडिएको छ । विद्यार्थी भनेका राष्ट्रका सम्पत्ति हुन् । त्यस कारण आजका विद्यार्थी हरेक कुरामा पोख्त र सक्षम हुन जरुरी छ । हरेक अभिभावकको चाहना पनि आफ्ना बालबालिका सबै कुरामा निपुण हुन् भन्ने नै हुन्छ । अहिले सबैले शिक्षाको महत्व बुझिसकेका पनि छन् । त्यस कारण मानिसहरूले सकी–नसकी बालबालिकालाई राम्रो शिक्षा दिनुपर्छ भनेर लागेको हामी पाउँछौँ । तर अहिले बालबालिकामा देखिएकोे मुख्य समस्या भनेको अनुशासनको कमी नै हो । हरेकको एकभन्दा बढी सन्तान हुँदैनन् । त्यस कारण पनि बालबालिका अनुशासनमा नबस्ने अथवा अभिभावकले नियन्त्रण गर्न नसक्ने समस्या देखिएको छ ।
हाम्रो मुख्य उद्देश्य भनेकै त्यस्ता विद्यार्थीहरूलाई ठाउँमा ल्याउनु हो । भोलि त्यो विद्यार्थी संसारको कुनै पनि कुनामा पुग्दा यो निपुण छ है भन्ने बनाउनु हाम्रो उद्देश्य हो । अहिले अभिभावक पनि त्यही चाहन्छन् । हामी अभिभावकका त्यही चाहना पूरा गर्ने बाटोमा छौँ ।
साँच्चै एउटा राम्रो विद्यार्थी बन्न अभिभावक, विद्यालय र विद्यार्थीबीचको सम्बन्ध अति आवश्यक हुन्छ । विद्यालयसँग मात्र ७ घन्टा हुन्छ । यो भन्दा बढी समय त विद्यार्थी अभिभावकसँग नै रहन्छ । त्यस कारण यी तीनबीच टिम मिल्यो भने विद्यार्थी अवश्य राम्रो बन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री