शनिबार, १५ वैशाख २०८१

नेशनल लाईफ इन्स्योरेन्सद्वारा निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न

समयपोष्ट २०७५ चैत २७ गते १६:३५

Advertisement

नेशनल लाईफ इन्स्योरेन्सद्वारा बझाङको खप्तडमा निशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर सम्पन्न गरेको छ ।

राम प्रसाद खत्री स्मृती प्रतिस्ठान बझाङको आयोजना तथा खप्तड छान्ना गाउँपालिका र नेशनल लाईफ इन्स्योरेन्सको सह प्रायोजनमा खप्तड छान्ना गाउंपालिका ४ नेटाकाटिया ब्रमस्थलमा दुई दिने निशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर सञ्चालन भएको हो ।

उक्त शिबिरमा लुम्बिनी अञ्चल अस्पताल, तिलोत्तमा हस्पिटल, तिलोत्तमा आंखा अस्पताल, आम्दा हस्पिटल बुटवल र हिमाल डेन्टल हस्पिटलका चिकित्सकहरुको संयुक्त टोलिले सेवा प्रदान गरेको थियो ।

७ वटा बिशेषज्ञ बिधामा सेवा प्रदान गरिएकोमा सामान्य चिकित्सा तर्फ ६९५ जना, हाडजोर्नी तर्फ ८८१ जना, दन्तरोग तर्फ २६१ जना, आंखा तर्फ ३८१ जना, स्त्रीरोग तर्फ ५७६ जना, बालरोग तर्फ १९४ जना, शल्यक्रिया तर्फ १० जना गरी जम्मा २,९९६ जनाको स्वास्थ्य परिक्षण भएको थियो ।

जसमध्ये ३९४ जनाको अल्ट्रासाउन्ड, १०१ जनाको ल्याब परिक्षण, ३१ जनाको मोतिबिन्दु अप्रेशन, ५३ जनाको दांत हालेको, १०८ जनाको दांत निकालिएको थियो । त्यसैगरी २२ लाख बराबरको निशुल्क औषधी समेत बितरण गरिएको थियो ।

राम प्रसाद स्मृती प्रतिष्ठानले बिशेषज्ञ स्वास्थ्य शिबिर संचालन, गरिव तथा जेहेन्दार बिधार्थीलाई छात्रबृती लगायतका समाज सेवाका कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री