मंगलबार, २५ वैशाख २०८१

नेपोलियनले पत्नीलाई लेखेको २ सय वर्ष पुरानो मार्मिक पत्र लिलामी, हेर्नुहोस् के लेखिएको थियो ?

समयपोष्ट २०७५ चैत २३ गते २१:०२

Advertisement

फ्रान्सका शासक नेपोलियन बोनापार्टले आफ्नी पत्नीलाई लेखेको पत्र लिलामी भएको छ। नेपोलियनले सन् १७९६ देखि सन् १८०४ बीच लेखेको तीन प्रेमपत्र ५ लाख ७५ हजार अमेरिकी डलरमा लिलामी भएको हो ।

सन् १७९६ मा इटाली अभियानको दौरान लेखिएको एक पत्रमा नेपोलियनले पत्नी जोसेफाइनलाई भनेका छन्, ‘मेरी प्यारी साथी, तिम्रो कुनै पत्र प्राप्त भएको छैन । निश्चय नै यसमा केही विशेष कारण होला । त्यसैले त तिमीले आफ्नो पतिलाई बिर्सेऊ । मलाई भने काम र अत्याधिक थकानबीच केवल तिम्रो मात्र सम्झना आउँछ ।’

नेपोलियन सन् १७६९ अगस्ट १५ मा जन्मिएका नेपोलियन फ्रान्सेली क्रान्तिपछि उदाएका थिए । १९ औं शताब्दीको सुरुवातमा उनले लगभग पुरै युरोपमा प्रत्यक्ष अथवा अप्रत्यक्ष अधिकार स्थापना गरेका थिए ।

सन् १८०४ देखि १८१५ सम्म उनी फ्रान्सका शासक रहे । ब्रिटेनको जनरल नेल्सनको हातबाट ट्रैफलगरको युद्वमा हार व्यहोरेपछि नेपोलियनलाई कैदी बनाएर कोर्सीका द्विप पठाइएको थियो ।

Advertisement

सन् १८२१ मा बन्दी अवस्थामा उनको मृत्यु भएको थियो ।

यसैगरी नेपोलियनले प्रेमपत्र लेखेकी जोसेफाइनको असली नाम म्यारी रोज थियो । नेपोलियनसँग भेट हुँदा उनी एक विधवी थिइन् । उनका दुई बच्चा थिए । सन् १८०४ मा नेपोलियन अष्ट्रियाविरुद्ध लड्नको लागि बाबेरिया जाँदै थिए । जोसेफाइनले पनि सँगै जाने जिद्दी गरेकी थिइन् तर नेपोलियनले उनलाई लैजान मानेनन् । अभियानबाट फर्केर आएपछि नेपोलियनले जोसेफाइनसँग सम्बन्ध तोडेका थिए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री