सोमबार, ७ जेठ २०८१

हेर्नुहोस् भर्खरै मात्र फिल्मी क्षेत्रमा डेब्यु गरेकी सुहानाको १० बोल्ड तस्विर

समयपोष्ट २०७५ चैत २१ गते ११:१६

Advertisement

 

 

नायिका झरना थापाले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर ३’को ट्रेलर भर्खरै मात्र रिलिज भएको छ। चलचित्रमा झरनाकी छोरी सुहाना थापा नायिकाको भुमिकामा छिन् भने उनीसंग भुवन केसीका छोरा अनमोल केसीले स्क्रिन शेयर गरेका छन् ।

Advertisement

 

 

चलचित्रको प्रिमियरमा सहभागि हुनकै लागि सुहाना अमेरिकाबाट नेपाल आएकी हुन् । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा सुहानाले भनिन्–‘मेरो लागि यो नयाँ यात्राको सुरुवात हो । धेरै कुरा सोचेर कार्यक्रममा आएकी थिएँ । तर, धेरै क्यामेरा देखेर के बोलुम बोलुम भयो ।’

 

 

सुहानाले ‘ए मेरो हजुर ३’को बारेमा भनिन्–‘यो चलचित्रलाई शिव श्रेष्ठ अंकलले सुरु गर्नुभएको हो । श्रीकृष्ण श्रेष्ठ अंकल र मेरो ममीले अगाडि बढाउनुभयो । सलिन र साम्राज्ञीले यसलाई नयाँ उचाइ दिनुभयो । अहिले अनमोल र म जोडिएका छौ ।’सुहानाले आज आफू चलचित्र क्षेत्रमा आउनुको पछाडि मिडियाको ठूलो हात भएको बताउँदै सधै यस्तै साथको अपेक्षा समेत गरेको बताइन् ।

 

नायिका झरना थापाले पनि छोरी सुहानाले चलचित्रबाट दर्शकलाई निराश नबनाउने बताइन् ।

उनले चलचित्र हेरिसकेपछि छोरीको कामलाई दर्शकले मन पराउने दाबी गरिन् ।

 

उनले आफूले दर्शकको मनमा छाप छाडेको भन्दै छोरीले पनि त्यस्तै छाप छाड्ने विश्वास समेत व्यक्त गरिन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री