आइतबार, ६ जेठ २०८१

मिस नेपालका लागि २६ प्रतिस्पर्धी छनोट, अष्ट्रेलिया र अमेरिकाबाट पनि

समयपोष्ट २०७५ चैत २० गते १३:१२

Advertisement

आगामी मिस नेपाल प्रतियोगिताका लागि २६ प्रतिस्पर्धी छनोट भएका छन् । हिडन ट्रेजरले क्षेत्रीय अडिसनमार्फत् ८ शहरबाट २६ प्रतिस्पर्धी छनोट गरेको हो । प्रतिस्पर्धी छनोट गरिएसंगै उनीहरुको प्रशिक्षण पनि सुरु भएको छ।

हिडन ट्रेजरले चितवन, बिराटनगर, बिर्तामोड, भद्रपुर र दमौलीबाट प्रत्येक एक प्रतिस्पर्धी छनोट गरेको छ भने पोखरा, भैरहवा, ललिलपुरबाट दुई प्रतिस्पर्धी र काठमाडौंबाट १२ प्रतिस्पर्धी छनोट गरेको जनाएको छ । एकजना अष्ट्रेलिया र दुई जना अमेरिकाबाट समेत प्रतिस्पर्धी लिएको हिडन ट्रेजरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री