आइतबार, ६ जेठ २०८१

बोनी कपुरले नितम्ब थपथपाएको भिडियो भाइरल भएपछि उर्वशीले मिडियालाई भनिन्–महिलालाई सम्मान गर्न आउँदैन

समयपोष्ट २०७५ चैत २० गते १२:५३

Advertisement

 

 

बलिउड नायिका उर्वशी रौतेला र निर्माता बोनी कपुरको एक भिडियो एकाएक निकै चर्चित भयो । भिडियोमा उर्वशी र बोनी कपुर मिडियालाई पोज दिइरहेका हुन्छन् । लगत्तै बोनीले उर्वशीको नितम्बमा बिस्तारै हिर्काउँछन् । यो भिडियो भारतिय मिडियाले सार्वजनिक गरेपछि बोनी उर्वशीसँग नजिकिन चाहेको आरोप लागिरहेको छ ।

 

 

 

उर्वशीले भने उक्त समाचारको कडा आलोचना गरेकी छिन् । एक समाचार च्यानलद्वारा देखाइएको त्यो रिपोर्टको स्क्रिनसट आफ्नो ट्वीटर ह्यान्डलमा सेयर गर्दै उर्वशीले लेखेकी छिन् , ‘यो सम्भवतः देशको शीर्ष पत्रिका हो र तपाईं यसलाई समाचार भन्नुहुन्छ ? तपाईंलाई यदि महिलालाई सम्मान गर्न आउँदैन भने महिला स्वतन्त्रता, महिला शक्तिबारे कुरा गर्दै नगर्नुहोस् ।’

उर्वशी हाल बोनीकै फिल्ममा अनुबन्ध भएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री