शनिबार, २२ वैशाख २०८१

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको तेस्री श्रीमतीसँग पनि सम्बन्धविच्छेद !

समयपोष्ट २०७५ चैत २० गते ११:५३

Advertisement

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको तेस्रो विवाह पनि टुट्ने स्थितीमा पुगेको खुलासा भएको छ । पाकिस्तानका एक पत्रकारले २४ न्यूजको टकशोमा उक्त कुराको खुलासा गरेका हुन् ।

टकशोमा फ्राइडे टाइम्सका सम्पादक नजम सेठीले भने, ‘मलाई आफ्नो सूत्रबाट थाहा भयो कि इमरान खान र उनकी तेस्री श्रीमती बुशरा मानेकाको बाटो अलग्गिने स्थितीमा थियो तर केही नजिकका साथीले उनीहरुको विवाह टुट्नबाट बच्यो । परिवार र साथीभाइको कोसिस पछि दुईबीच सबैकुरा सामान्य रह्यो । कुरा मिलिसकेको केही समयपछि पनि उनीहरुबीच तिखो भनाभन भएको सेठीले दाबी गरे ।

 

Advertisement

Najam Sethi Big Prediction About "Bani Gala"

Najam Sethi Big Prediction About "Bani Gala"Watch Complete Program, Click Herehttps://youtu.be/l5vWnck_2gE

Posted by 24 News HD on Thursday, March 28, 2019

 

इमरान र बुशराले गत वर्ष एक निजी समारोहम विवाह गरेका थिए । क्रिकेटरबाट राजनेता बनेका इमरानले यसअघि रेहम खान र जेमिना गोल्डस्मिथसँग विवाह गरेका थिए ।

इमरानले पहिलो विवाह ब्रिटिश अरबपतीकी छोरी जेमिमा खानसँग सन् १९९५ को मे १६ मा भएको थियो तर विवाहको ९ वर्षपछि सन् २००४ मा दुबैको सम्बन्धविच्छेद भयो ।

त्यसपछि इमरानले टिभी प्रस्तोता रेहम खानसँग दोस्रो विवाह गरे जुन १० महिना मात्रै चल्न सकेको थियो ।

 

 

 

 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले एक अन्तरवार्तामा बुशराबारे विभिन्न रोचक कुरा साझा गरेका थिए । ६५ वर्षका इमरानले ३९ वर्षकी बुशरा मानेकाको अनुहार नै नहेरी विवाह गरेको बताएका थिए । उनका अनुसार उनीहरु थुप्रै पटक भेटिसकेको भएपनि बुशराको अनुहारमा सधैं पर्दा रहने गर्दथ्यो ।३९ वर्षकी बुशरा पाँच सन्तानकी आमा हुन् । पहिलो पटक बुशरासँग उनको भेट तीन वर्ष अघि भएको थियो । इमरानले पहिलो पटक बुशराले पर्दा हटाउँदा ‘आफू निराश नभएको’ बताएका थिए ।

बुशराअघि इमरान अघि ख्वार फरिद मानेकासँग विवाह गरेका थिए तर पछि अलग्गिए ।

यस्तै, बुशरा इमरान खानकी आध्यात्मिक गुरु पनि भइसकेकी थिइन् । उनका अनुसार सूफीवाद प्रतिको लगावले नै उनीहरुलाई नजिक ल्याए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री