दोहोरो अंकले बढ्यो सेयर बजार
समयपोष्ट
२०७५ चैत १९ गते १५:०९
सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसुचक १३.७२ अंकले बढेर ११६३.४७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १ सय ६९ कम्पनीका १८ लाख कित्ता सेयर ४९ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।
आज सबैभन्दा बढी सेयर नेपाल क्रेडिट एण्ड कमर्स बैंकको किनबेच भएको छ ।
आज जलविद्युत समुह उपसुचक र र्निजिवन बीमा समुह उपसुचकहरु घटेका छन् । आज जलबिद्युत समुह ३.४८ र र्निजीवन बीमा समुह ६.७६ अंकले घटेका छन् । यसैगरी बाणिज्य बैंक समुह १९.६७,होटल २०.०१,विकास बैंक ३.६१,फाइनान्स १.६८,उत्पादनमुलक ८.७३,अन्य ५.६१,लघुवित्त २.२१ र जीवन बीमा समुह ३८.८६ अंकले बढेका छन् ।
प्रतिक्रिया