आइतबार, ६ जेठ २०८१

यसकारण अभिनयबाट टाढीदै ऐश्वर्या

समयपोष्ट २०७५ चैत १८ गते १७:०२

Advertisement

बलिउड अभिनेत्री ऐश्वर्या राय अभिनय नगर्ने मुडमा छिन् । पछिल्लो पटक फिल्म ‘फन्ने खाँ’ मा देखिएकी उनी अभिनय भन्दा पनि निर्देशनमा लाग्ने सोचमा छिन् ।

ऐश्वर्याले आफ्ना शुभचिन्तकहरुले अभिनय भन्दा निर्देशनमा लाग्न सुझाव दिएकाले निर्देशन तिर लाग्ने सोच बनाएको बताइन् । ऐश्वर्याले भनिन्, ‘म एक दिन फिल्म निर्देशन गर्न चाहान्छु तर यसको लागि कहिल्यै पनि मेहेनत गरेकी छैन । अब, गम्भीर भएर सोचेर अगाडि बढ्छु ।’

उनका साथीभाई तथा सहकर्मीले अब फिल्म निर्देशन गर्न सुझाव दिएकाले उनीहरुको प्रतिक्रियाले उत्साहित बनाएको बताइन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री