आइतबार, ६ जेठ २०८१

अर्को वर्ष विवाह गर्ने तयारीमा रहेकी नायिका गर्भवती

समयपोष्ट २०७५ चैत १८ गते १६:४८

Advertisement

नायिका तथा मोडल एमी ज्याक्स गर्भवती भएकी छिन । एमीले प्रेमी जर्ज पेनियोतोसँग इन्टाग्राममा फोटो सेयर गर्दै यसबारे जानकारी दिएकी हुन् ।

एमीले प्रेमी जर्ज पेनियोतोसँग फोटो सेयर गर्दै यसबारे जानकारी दिएकी छिन् । इन्टाग्राममा एमीले फोटो सेयर गरेकी हुन् । जर्ज व्यवसायिक रुपमा व्यापारी हुन् र यी दुईले अंग्रेजी नयाँ वर्षमा इन्गेजमन्ट गरेका थिए ।

३१ मार्चमा इंगल्याण्डमा ‘मदर्स डे’ मनाइन्छ र यसै दिन एमीले यसबारे जानकारी दिएकी हुन् । एमीले फोटो सेयर गर्दै लेखिन्, ‘ म आफ्नो घरको छतमा उभिएर चिच्याउन चाहन्थेँ र मदर्स डेमा मैले यो मौका पाएँ । म तिमीलाई सबैभन्दा धेरै माया गर्छु । यस्तो माया जुन सबैभन्दा निश्चल र शुद्ध छ । हामी तिमीलाई भेट्न निकै आतुर छौं ।’

यी दुईले अर्को वर्ष ग्रीसमा विवाह गर्ने योजना बनाएका थिए । जर्ज र एमी पछिल्लो चार वर्षदेखि डेट गरिरहेका छन् । जर्ज अर्बपती एवं एबिलिटी ग्रुपका संस्थापक एन्ड्रियास पेनियोतोका छोरा हुन् । जर्ज र उनका परिवार हिल्टन, पार्क प्लाजा, डबल ट्रीजस्ता होटलका मालिक हुन् ।’

Advertisement

विभिन्न हिन्दी मुभिमा समेत काम गरिसकेकी छिन् । पछिल्लोपटक उनी रजनीकान्त र अक्षय कुमार स्टार फिल्म २.० मा देखिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री