बुधबार, २६ वैशाख २०८१

सिमरामा महिन्द्राको नयाँ वर्कसप सञ्चालनमा

समयपोष्ट २०७५ चैत १८ गते १४:५३

Advertisement

नेपालको औधोगिक तथा व्यापारिक घराना “एम.भि दुगड” ग्रुप अन्तर्गतको दुगड व्रदर्स एण्ड सन्स प्रा.लि ले जितपुरस्थित सिमरा उपमहानगरपालिकामा नयाँ वर्कसप सञ्चालनमा ल्याएको छ ।

नयाँ वर्कसपको उद्घाटन महिन्द्रा एण्ड महिन्द्राका कष्टुमर केयर हेड “ के रवी ”, दुगड ब्रदर्स एण्ड सन्स प्रा ली का भाइस चेयरम्येन “ बिबेक दुगड ” महिन्द्रा एण्ड महिन्द्राका कण्ट्रि हेड, नेपाल एण्ड भुटान, “ चैतन्य कागल्कर ”, कण्ट्रि म्यानेजर सर्भिस,नेपाल एण्ड भुटान “ तपस पट्टनायक”, दुगड ब्रदर्स एण्ड सन्स प्रा ली का Sr. General Manager “ वेद प्रकास शर्मा ”, Head of Operations “ शम्भु प्रसाद सुवेदि ”, Service Head “ सुदिप राज सुवेदि ”, HOD-HCV, “ चन्दन रौनियार ” को उपस्थितीमा सम्पन्न भयो ।

२० सर्भिस वे भएको यो वर्कसप १६००० वर्ग फिटको रहेको छ । यस वर्कशपमा ९००० वर्ग फिटको पार्ट्स काउन्टर र २७००० वर्ग फिटको पार्ट्स गोदाम रहेको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

उक्त वर्कसपमा गाडी रिपेयारका लागि अत्याधुनिक सुविधाको साथै कस्टमर लन्जको पनि प्रबन्ध रहेको छ । कम्पनीले विगत सत्ताइस बर्ष देखि महिन्द्रा एण्ड महिन्द्राको कमर्सियल गाडीहरुको विक्री गर्दै आइरहेको छ ।

Advertisement

कम्पनीले नेपाल भर ३४ सर्भिस सेन्टरमा २०० भन्दा बढी टेक्निसियनहरु मार्फत विक्री पछिको सेवा समेत प्रदान गर्दै आइरहेको जानकारी दिएको छ

प्रतिक्रिया

सम्बन्धित सामाग्री