आइतबार, ६ जेठ २०८१

प्रियंका र निकको डिभोर्सबारे आमा मधु चोपडाको जवाफ

समयपोष्ट २०७५ चैत १८ गते १४:२०

Advertisement

बलिउड नायिका प्रियंका चोपडा र निक जोनसबीच सम्बन्धमा खटपट आइरहेको समाचारले यतिबेला बलिउड तताएको छ । यहाँसम्म कि उनीहरुबीच डिभोर्स हुँदै भन्ने सम्मका हल्लाहरु फैलिरहेका छन् । तर यस बिषयमा प्रियंकाको परिवारले भने मुख खोलेको छैन ।

मिडियासंग खुलेर कुरा गर्ने प्रियंकाकी आमा मधु चोपडा यस बिषयमा मौन रहेको भारतिय मिडियाहरुले जनाएका छन् । भारतीय मिडियाले यसबारे उनलाई मेसेज पठाएर पनि प्रश्न गरेको तर मिडियाको प्रश्नको जवाफ दिने मधुले कुनै पनि जवाफ नदिएको जानकारी दिएका छन् ।

प्रियंकाका जुन आफन्तले चार महिना अघि प्रियंकाको विवाहको कुरा सबैभन्दा पहिले पुष्टि गरेका थिए उनीहरु पनि यो मामलामा पूर्ण रुपमा चुप बसेका छन् ।

प्रियंकाको काम सम्हाल्ने समूह पनि यसबारे केही पनि बोल्न हिच्किचाइरहेका छन् । यस्तोमा जानकार अर्कै अर्थ निकालिरहेका छन् । धेरै मिडियाले प्रियंका र निकबीचको सम्बन्ध ठिक नभएको बताइरहेका छन् ।

Advertisement

यद्यपी, प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा निकसँग रमाइरहेका फोटो पोष्ट गरिरहेकी छिन् । साथै, यो खबर आउनु तीन घण्टाअघि मात्रै प्रियंकाले जोनस ब्रदर्ससँगको एउटा तस्बिर इन्स्टाग्राममा पोष्ट गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री