मंगलबार, २५ वैशाख २०८१

मेभोक्स हेलमेट अब नेपाली बजारमा,कति छ मुल्य ?

समयपोष्ट २०७५ चैत १८ गते ११:४२

Advertisement

भारतीय बजारमा केही दिनअघि लन्च भएको मेभोक्स हेलमेट नेपाली बजार भित्रिएको छ ।

सत्यदीप इन्टरनेसनलले नेपाली बजार भित्राएको यस हेलमेटको मूल्य २ हजार ४ सयदेखि ४ हजार ८ सय रुपैयाँसम्म पर्छ । फुल फेस र ओपन फेस गरी दुई मोडलमा उपलब्ध यी हेलमेट सन्धार एमकिन इन्डष्ट्रिजले उत्पादन गरेको हो ।

मेभोक्स हेलमेट ओएक्स १०, ओएक्स ११ र एफएक्स म्याक्स गरी चार भेरिएन्टमा उपलब्ध छ । यी हेलमेटमा यूभी रेजिस्टेन्ट पेन्ट गरिएको छ। त्यसैगरी बर्षात्को मौसमलाई ध्यानमा राखी हेलमेटमा वाटर टाइट इन्टरफेस भाइजर प्रयोग गरिएको छ।

सत्यदीप इन्टरनेसनलले नेपाली बजारमा पहिलेदेखि नै दुई पांग्रे सवारी साधनका लागि मिरर, हेडलाइट, क्लच प्लेट, ब्रेक शु, लुब्रिकेन्ट, चेन किटलगायतका पार्ट्स उपलब्ध गराउँदै आएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री