आइतबार, ६ जेठ २०८१

हेमाको चुनावी स्टन्ट: म्याचिङ सिफन साडी लगाएर गहुँँ काट्न खेतमा,भइन् ट्रोल

समयपोष्ट २०७५ चैत १८ गते ११:०४

Advertisement

बलिउडकी चर्चित अभिनेत्री एवं बिजेपी सांसद हेमा मालिनी चुनाव प्रचार प्रसारको क्रममा खेतमा देखिइन् । २०१९ लोकसभा चुनावमा पुनः मथुराबाट उम्मेदवार बनेकी उनी चुनावी प्रचार प्रसारको लागि खेतमा पुगेकी हुन् । त्यहाँ पुगेर उनले गहुँ काटिन् । लगत्तै उनले सो फोटो सामाजिक सञ्जालमा समेत सेयर गर्न भ्याइन् ।

हेमा मालिनीले चार फोटो ट्वीट गर्दै क्याप्सनमा लेखिन्, ‘आज मैले गोवर्धन क्षेत्रबाट लोकसभा क्याम्पेन सुरु गरे । खेतमा काम गरिरहेका महिलासँग कुरा गर्ने मौका पाएँ । पहिलो दिनको चुनावी अभियानका केही फोटो तपाईंका लागि । ’

हेमा मालिनीले खेतमा बाली काटेको फोटो १२ घण्टामा नै करिब एक हजार मानिसले कमेन्ट गरे । थुप्रै प्रशंसकले उनलाई पुनः जित हासिल गर्न शुभकामना दिए भने कतिले उनीमाथि स्टन्ट गरेको आरोप लगाए ।

Advertisement

ट्वीटर प्रयोगकर्ता @AnilKhaitan2 ले लेखे, ‘यो निकै राम्रो सुरुवात हो । तर लगातार पाँच वर्ष यस्तो हुनुपर्छ । अनिमात्र विकास हुनेछ । ’

@explorediary ले लेखे, ‘राम्रो फोटोसुट छ, होइन त ? फोटोग्राफरले उनको लुक र ब्याकग्राउन्डसँग न्याय गरेका छन् । राम्रो लाइट र सही फिल्टरको प्रयोग गरिएको छ । ’

@amit00111 चुनावका कारण के हालत भयो ?

यस्तै, @ShirishK21 ले लेखे, ‘कसैले मलाई भन्नुहोस्, एमपीको रुपमा उनले पाँच वर्षमा के योगदान गरेकी छिन् ?’
साथै @amankhan9161n लेखे, ‘अहिले पनि अभिनय गरिरहेकी छिन् हेमा जी । अब यस्ता कुरा चल्दैनन् । सन् १९७०–१९८० मा चल्थ्यो । अब मानिसहरु काम हेर्छन् । तपाईं उनीहरुका लागि काम गर्नुहोस् । उनीहरु माझ जानुहोस् । मानिसहरुले तपाईंलाई आँखामा बसाउनेछन् ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री