बिहीबार, १५ चैत २०८०

हेटौंडामा बजाजको नयाँ शोरुम

समयपोष्ट २०७४ वैशाख १७ गते ६:०९

नेपालको लागि बजाजको आधिकारिक  विक्रेता हंसराजहुलासचंद एण्ड कम्पनीले हेटौंडामा नयाँ शोरुम स्थापना गरेको छ । नयाँशोरुमले बजाजआर्रईका स्पेयर पार्टस तथा एसेसरिजकालागि सहजता प्रदान गर्ने कम्पनीले जनाउको छ ।
विश्वको नम्बर १ थ्रीह्वीलर ब्राण्ड, बजाज रे नेपालभर बिक्रीहुँदै आएको छ, जसले आप्रवासीकामदारहरु तथा संघर्षरत रोजगारकर्ताहरुलाई रोजगारीको अवसरहरु समेत सिर्जना गर्दछ । डेपुटी जनरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी हेटौंडामा नयाँ शोरुम शाखा स्थापना भएको घोषणा गर्न पाउँदा निकै हर्षित भएका छौं । उपभोक्ताहरुको बढ्दो मागले नै हामीलाई हाम्रो बिस्तारमा उत्प्रेरित गरेको छ, हेटौंडामा रहेको उपभोक्ताहरु विभिन्न किसिमले यसबाट लाभान्वित समेत उनले जनाए ।

Advertisement

देशैभर रहेका सबै ग्राहकहरुलाई उच्चगुणस्तरको सेवा प्रदान गर्न कटिबद्ध रहेको कम्पनीले जनाएको छ नयाँ शाखा बिस्तारको अवसर पारेर, शोरुमले ग्राहकहरुका लागि विभिन्न किसिमका रोमाञ्चक पुरस्कारहरु पनि घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री