शुक्रबार, ७ वैशाख २०८१

निर्वाचन आयोगले गैह्रसरकारी संस्थालाई भन्यो- निर्वाचनमा निष्पक्ष भूमिका निर्वाह गर

समयपोष्ट २०७४ वैशाख १४ गते ६:२०

निर्वाचन आयोगले गैह्रसरकारी संघ संस्थाका प्रतिनिधिलाई निर्वाचन आचार संहितालाई पालना गर्दै स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्न आग्रह गरेको छ । बिहीबार राजधानीमा निर्वाचन आयोगले गैह्र सरकारी संघ संस्थासँग गरेको अन्तर्क्रियामा प्रमुख निर्वाचन आयुक्त आयोधी प्रसाद यादवले निर्वाचनमा स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् ।

Advertisement

आयुक्त यादवले स्थानीयस्तरमा निर्वाचन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेका गैह्रसरकारी संघ संस्था कुनै राजनीतिक दल विशेषसँग नजिक हुनसक्ने भन्दै मतदाता शिक्षा कार्यक्रममा भने स्वतन्त्र र निष्पक्ष बन्न आग्रह गरे ।

आयुक्त यादवले मत खरिद बिक्री हुनु हुँदैन भन्ने सन्देश दिने गरी अभियान चलाउन समेत आग्रह गरे । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री