बिहीबार, १३ वैशाख २०८१

सेञ्चुरी बैंकको बचत खातामा ८ % सम्म ब्याज

समयपोष्ट २०७४ वैशाख १२ गते १३:४४

सेञ्चुरी कमर्सियल बैंकले ग्राहकहरुलाई नयां वर्षको सौगात स्वरुप बचत खातामा अधिकतम प्रतिफल प्रदान गर्ने उद्दश्यले आफ्ना सबै प्रकारका बचत खाताको ब्याजमा उच्च दरले वृद्धि गरेको छ ।

Advertisement

सो अन्तर्गत सेञ्चुरी बैंकमा बचत कर्ताहरुले वार्षिक ८ % सम्म ब्याज पाउनेछन् । २०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, १३ वटा शाखारहित बैंकिङ्ग र ४ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । साथै, ४ वटा बैंक तथा वित्तीय संस्थालाई प्राप्ती गरेपछि बैंकको शाखा संजाल ९० वटा हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री