शनिबार, ८ वैशाख २०८१

सामसुङले नेपाली बजार भित्रायो ‘एस एट’ र ‘एस एट प्लस’,यस्तो छ मुल्य

समयपोष्ट २०७४ वैशाख ६ गते ९:५५

 नेपालका लागि सामसुङ मोबाइलको आधिकारीक बिक्रेता अाइएमसले दुई स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले सामसुङका दुई स्मार्टफोन ग्यालेक्सी ‘एस एट’ र ‘एस एट प्लस’ बुधबार सार्वजनिक गरेको हो । नेपाली बजारमा  ‘एस एट’ को मूल्य  ८८ हजार ९ सय र ‘एस एट प्लस ’को मूल्य ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ । 

Advertisement

२९६० क्रस १४४० पिक्सल रिजोलुसन रहेको दुवै फोनमा ४ जिबी र्याम रहेको छ । फोनको २५६ जिबीसम्मको माइक्रो एसडी कार्ड प्रयोग गरी क्षमता बढाउन सकिन्छ ।

एन्ड्रोइड ७ नोगाट भर्सनको अपरेटिङ सिस्टमको दुवै स्मार्टफोनमा १२ मेगापिक्सलको रियर क्यामेरा छ भने फ्रन्ट क्यामेरा ८ मेगापिक्सल रहेको छ । यान्टि वाटर र यान्टि डस्ट प्रुफ यि फोनमा ‘एस एट’ मा ५.८ तथा ‘एस एट प्लस’ मा ६.२ इन्चको ‘इन्फिनिटी डिस्प्ले’ रहेको छ ।

 गोरिल्ला ग्लासको प्रयोग गरिएको यि फोन अन्तराष्टिय बजारमा ब्ल्याक, सिल्भर, ग्रे , कोरल ब्लु र गोल्डेन कलरमा उपलब्ध छन् । यी स्मार्टफोनहरुमा ‘एस एट’ मा ३ हजार एमएएच तथा ‘एस एट प्लस’ को ३५ सय एमएएच क्षमताको ब्याट्री समावेश गरिएको छ। अन्तराष्टिय बजारमा ब्ल्याक, सिल्भर, ग्रे , कोरल ब्लु र गोल्डेन कलरमा फोनहरु आएका छन्।

यी स्मार्टफोनको प्रि बुकिङ  www.s8prebooking.com वेबसाइटमा गएर गर्न सकिने कम्पनीले जनाएको छ । सार्वजनिक गरिएको स्मार्टफोन वैशाख २२ गतेदेखि ग्राहकहरुले किन्न सक्नेछन् । 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री