शुक्रबार, १४ वैशाख २०८१

तयार भयो उड्ने कार,जसले सडकबाट हावामा जान लगाउँछ १० मिनेट (फोटोफिचर)

समयपोष्ट २०७४ वैशाख ६ गते ९:०३

छिट्टैनै उड्ने कार 'लञ्च'  हुने भएको छ । 'साइन्स फिक्सन' को रुपमा रहेको उड्ने कार 'लञ्च' हुँदैछ भन्ने सुन्दा अपत्यारिलो लाग्नसक्छ तर  वैज्ञानिकहरुले उड्ने कारलाई वास्तविकतामा परिणत गरेका छन् ।  पोर्चुगलको एक स्टार्टप्स कम्पनीले  उड्ने कारको सपना वास्तविकतामा परिणत गरिदिएको हो । 

Advertisement

कम्पनीले उड्ने  कारको परीक्षण गरिसकेको छ । जसमा  हवाइ र सडक यातायातका नियमहरुलाई ध्यानमा राखिएको छ । विमानमा जस्तै तीन वटा पाङ्ग्राहरु भएको यस कारको माथि हेलिकप्टरमा जस्तै दुई वटा ब्लेड भएको फोल्डिङ पङ्खा छ, जसले कारलाई माथि लैजान्छ। पछाडि 'प्रोपेलर' छ, जसले कारलाई अगाडि वढाउँछ । 

f

यसमा १०० हर्स पावरका दुई इन्जिन जडान गरिएको छ भने यो कार हावामा १७७ किलोमिटर प्रति घण्टा र सडकमा प्रति घण्टा १६१ किलिमिटरको स्पीडमा दौडन्छ। यसले सडकबाट हावामा जानका लागि १० मिनेट समय लगाउँछ । पाइलटसँगै दुई जना बस्न मिल्ने यस कारको आधारभुत मोडलको मूल्य चार लाख अमेरिकी डलर पर्छ । 

यसलाई चलाउनका लागि  पाइलट लाइसेन्स अनिवार्य गरिएको छ भने कम्तिमा पनि २५ घण्टा उडान भरेको अनुभव  हुनु पर्छ। 

Untitled-2एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री