शुक्रबार, ७ वैशाख २०८१

ज्योतिले पायो हकप्रद निश्कासनको अनुमती

समयपोष्ट २०७४ वैशाख ६ गते ८:०७

ज्योति विकास बैंकलाई धितोपत्र बोर्डले हकप्रद निश्कासनको अनुमति दिएको छ । कम्पनीले  एक बराबर एकको अनुपातमा हाल कायम चुक्ता पूँजी बराबरको हकप्रद निष्काशनको अनुमति पाएको हो । कम्पनीले शतप्रतिशत हकप्रद निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो । 

Advertisement

कम्पनीले १ करोड १० लाख ४३ हजार १ सय ७१ कित्ता सेयर निष्काशनको अनुमति पाएको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १० करोड ४३ लाख १७ हजार रुपैंया रहेको छ ।हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी दुई अर्ब २० करोड ८७ लाख रुपैंयाको हाराहारीमा पुग्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री