शनिबार, १५ वैशाख २०८१

७५ वटै जिल्लामा निर्वाचन कार्यालय आजबाट खुल्ने

समयपोष्ट २०७४ वैशाख ३ गते ४:४८

आईतबारबाट देशका ७५ वटै जिल्लामा निर्वाचन कार्यालय सञ्चालनमा आउँने भएको छ । बैशाख ३१ गते हुँने  स्थानीय तह निर्वाचन व्यवस्थापनका लागि निर्वाचन आयोगले सबै जिल्लामा निर्वाचन कार्यालय सञ्चालन गर्न लागेको हो ।

Advertisement

आयोगका अनुसार आजबाट खुल्ने र निर्वाचन कार्यालयको नेतृत्व मुख्य निर्वाचन अधिकृतले गर्नेछन् । केही समयअघि जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्ति गरेको आयोगले जिल्लाको निर्वाचनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न कर्मचारी परिचालनदेखिका सम्पूर्ण जिम्मेवारी मुख्य निर्वाचन अधिकृतलाई दिएको छ ।

आयोगले न्याय सेवा र निजामति सेवाका ६ सय ६९ निर्वाचन अधिकृतलाई अधिकृत समेत तोकिसकेको छ ।  नियुक्त गरिएका अधिकृतलाई आयोगले कार्यक्षेत्रमा पठाइसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री