बुधबार, १२ वैशाख २०८१

प्रमथ टोखा साम्बो च्याम्पियनसिप सम्पन्न

समयपोष्ट २०७३ चैत ३१ गते ११:०७

 प्रमथ टोखा साम्बो च्याम्पियनसिप सम्पन्न भएको छ । नेपालमा नौलो खेलका रुपमा रहे पनि साम्बो विस्तारै लोकप्रिय बन्दै जान थालेको छ ।च्याम्पियनसिपमा निशान लिम्बु र सब्बारानी महर्जनले उत्कृष्ट खेलाडीको पदक पाएका छन् । सब्बारानी ५० केजी तौल तर्फ रजत पनि जितिन् । यस्तै निशानले ५० केजी समुहमै स्वर्ण जितेका थिए । महिला ५० केजीमा धनदेवी रोकायाले स्वर्ण जितिन् ।महिला ४५ केजीमा रोजिना श्रेष्ठले स्वर्ण जित्दा महिला ३० केजीमा कुशुम बालिकाले स्वर्ण जितिन् ।

Advertisement

यस्तै पुरुष २५ केजीमा प्रमोद श्रेष्ठ, ६२ केजी तौल समुहमा दिनेश महर्जन, ६० केजीमा गोविन्द विष्टले स्वर्ण हात पारे । यस्तै ५० केजी तौल समुहमा निशान लिम्बु, ४५ केजी तौल समुहमा पदम दमाइले स्वर्ण जिते । अनशासित खेलाडीका रुपमा सन्तोष श्रेष्ठले पुरस्कार पाए ।

खेलको युवा तथा खेलकुद मन्त्री दलजित विके श्रीपालीले उद्घाटन गरेका थिए । प्रतियोगिताले नेपालमा साम्बो खेलको सम्भावना उच्च रहेको प्रमाणित गरेको नेपाल साम्बो फेडरेशनका महासचिव उत्तम श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री