शुक्रबार, १४ वैशाख २०८१

नेपाल लाइफको ‘स्मार्ट जीवन बीमा’ योजना, दैनिक १० रुपैयाँमा १० लाखको जीवन बीमा

समयपोष्ट २०७३ चैत २७ गते १३:१९

नेपाल लाइफ इन्स्योरेन्सले ‘स्मार्ट हुनुहोस, जिम्मेवार बन्नुहोस’ भन्ने मूल नाराका साथ ‘स्मार्ट जीवन बीमा’ योजना सार्वजनिक गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँइले पोखरामा आयोजित एक कार्यक्रमकाबीच उक्त नयाँ बीमा योजनाको औपचारिक शुभारम्भ गेका हुन् । 
सो अवसरमा चापागाईले नयाँ बीमा योजनाको सफलताको कामना गर्दै आम जनताको बचत परिचालनमा सघाऊ पुरयाउने बिश्वास व्यक्त गरे । सो स्मार्ट जीवन बीमा योजनाको बीमित आफू पनि बन्ने घोषणा समेत उनले गरे ।
उक्त कार्यक्रममा कम्पनीका संचालक कमलेश कुमार अग्रवालले समाजका हरेक बर्गका मानिसको चाहना बमोजिमका विभिन्न आकर्षक बीमा योजनाहरु तर्जूमा गरी आफ्ना ग्राहकलाई सदा उच्चतम र गुणस्तरिय बीमा सेवा प्रदान गर्ने कम्पनीको उदेश्य रहेको वताए ।

Advertisement

कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिवेक झाले स्मार्ट जीवन बीमा योजना दैनिक १० रुपैयाँमा १० लाखको जीवन बीमा गराउन सक्ने भएकोले जीवन बीमाको दायरा बिस्तारमा महत्वपूर्ण योगदान पुर्याउने बताए । उले बीमितलाई गुणस्तरिय सेवा पुर्याउनका लागि दावी भूक्तानी प्रकृया लगायत व्यवस्थापन प्रणालीलाई चुस्त बनाईएको वताए । कार्यक्रममा पोखरा क्षेत्रमा बिगत एक दशक भन्दा लामो अवधिदेखि क्रियाशिल रही कम्पनीको व्यवसाय बृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका बरिष्ठ अभिकर्ता प्रविण पोखरेललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री