बुधबार, १२ वैशाख २०८१

न्यू मालश्री ईङलिस स्कुलको बार्षिकोत्सव सम्पन्न

समयपोष्ट २०७३ चैत २७ गते ८:०९

गोंगबुमा सञ्चालित न्यू मालश्री ईङलिस स्कुलको चौथो वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह विद्यालयको प्राङगडमा शनिबार सम्पन्न भयो ।
पूर्व शिक्षा मन्त्रि समेत रहनुभएका नेकपा(माओवादी केन्द्र)का केन्द्रिय कार्यालय सदस्य दिनानाथ शर्माको प्रमुख आतिथ्यतामा  सम्पन्न कार्यक्रममा विद्यालयका विद्यार्थीले विभिन्न सास्कृति कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा विद्यालयका विविध क्रियाकलापमा सहयोग गर्ने अभिभावकहरुलाई सम्मान गरिएको थियो भने वर्षभरिकै शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट स्थान हा“सिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । 
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै दिनानाथ शर्माले स्वदेशी जनताको सेवा गर्ने जनशक्ति उत्पादनमा जोड दिए । उनले भने “ हामीले उत्पादन गरेका डाक्टर, नर्स, इन्ञ्जिनियर विदेशी सेवामा छन् तर नेपाली आमा बुबाको उपचार गर्ने छैनन् ।” नेता शर्माले नेपालका मेडिकलमा लाखौं तिरेर विदेशीलाई ल्याउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै नेपालमा रोजगारको सिर्जना गर्न प्राथमिकता दिनुपर्ने बताए । 
साथै विद्यालयका संस्थापक तथा प्रिन्सिपल महेश पाण्डेले समयसापेक्ष  शिक्षा पद्धतिमा जोड दिने भन्दै सामाजिक परिवर्तनको निम्ती समेत विद्यालयले विशेष योगदान दिने प्रतिबद्धता समेत व्यक्त गरे ।

Advertisement


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री