शनिबार, ८ वैशाख २०८१

समाचारवाचिका जसले आफ्नै पतिको मृत्युबारे ब्रेकिङ न्यूज पढनुपर्‍यो

समयपोष्ट २०७३ चैत २७ गते ६:०३

भारतको आर्इबीसी २४ च्यानलकी समाचारवाचिका सुप्रित कौर शनिबार समाचार पढिरहेकी थिइन् । सोही समय ब्रेकिङ न्यूज आयो– सडक दुर्घटनामा तीन जनाको मृत्यु । समाचारवाचिका सुप्रितले त्यही बेला घटनास्थलमा संवाददातालाई फोन लगाइन् । र, घटनाका बारेमा थप जानकारी मागिन् । उक्त दुर्घटनाबारे जब संवाददाताले फोनमा वर्णन गर्न थाले तब सुप्रितले थाहा पाइन्, त्यो गाडीमा त उनका श्रीमान् हर्षद कावाडे पनि थिए । उनले केही नभएजस्तो गरी आफ्नो भावनालाई काबुमा राखेर समाचार वाचन पूरा गरिन् । 

Advertisement

न्युज बुलेटिन पढिसकिएपछि बल्ल उनी स्टुडियोबाट बाहिर आइन् र रुन थालिन् ।

स्टुडियोबाट बाहिर निस्कनासाथ उनलार्इ आफन्तको फोन पनि आएको थियो । सुप्रितका सहकर्मीका अनुसार सबै सहकर्मीलाई उनका पतिको मृत्युको खबर थाहा भइसकेको थियो । तर उनीहरुमध्ये कसैलाई पनि यो सत्य उनलाई बताउने हिम्मत भएन । कौर आइबिसी २४ टिभी च्यानलमा ९ वर्षदेखि काम गरिरहेकी छन् । हर्षदसँग एक वर्षअघि मात्रै उनको विवाह भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री